सातामा ३९ अर्ब २४ करोड ४३ लाख रुपैंयाँको शेयर किनबेच
नेप्से २६ सय ७८ बिन्दुमा,

काठमाडौं । यस साता सेयर बजार परिसूचक नेप्से दुई हजार छ सय ७८ दशमलव ४७ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४९ दशमलव ८८ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ९२ हजार नौं सय २६ पटकको कारोबारमा सात करोड ५६ लाख ६३ हजार तीन सय ४४ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार एक सय ६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा १२ अर्ब ७१ करोड रुपैंयाँले कम हो ।
गत साता धितोपत्र बजारमा तीन सय ३० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार पाँच लाख १६ हजार एक सय ११ पटकको कारोबारमा १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५१ अर्ब ९५ करोड ७१ लाख १२ हजार ४३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक बाँकी दुई कार्य दिन भने उकालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ११ दशमलव ४९ अंकले ओरालो लागेर २६ सय ८८ दशमलव ३१ अंकमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले ओरालो लागेर चार सय ५२ दशमलव २१ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक १० दशमलव ९८ अंकले ओरालो लागेर २६ सय ७७ दशमलव ३२ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर चार सय ५० दशमलव ६५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन नेप्से परिसुचक छ दशमलव ५४ अंकले उकालो लागेर २६ सय ८३ दशमलव ८६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५० अकले ओरालो लागेर चार सय ५० दशमलव १५ बिन्दुमा झरेको थियो ।
चौंथो कारोबार दिन पनि नेप्से परिसुचक एक दशमलव ८६ अंकले उकालो लागेर २६ सय ८५ दशमलव ७३ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव २५ अंकले उकालो लागेर चार सय ५० दशमलव ४० बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने नेप्से परिसुचक सात दशमलव २६ अंकले ओरालो लागेर २६ सय ७८ दशमलव ४७ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५२ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ८८ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेड आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३०५ ८४२८० १५८५५६१० ८३९८६६०६२८.९७
दोस्रो दिन ३२२ ७४८६४ १४४४३७६५ ६९६०२९२२३५.०५
तेस्रो दिन २९९ ७२०९४ १३९६८२५८ ७२४६२२१२६०.२९
चौंथो दिन ३०७ ८२८५० १५५२०५५९ ८७१७८४७०६२.६८
पाँचौं दिन ३०२ ७८८३५ १५८७५१५२ ७९२१३००९८२.६७
कुल ३२२ ३९२९२६ ७५६६३३४४ ३९२४४३२२१६९.७६
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया