टिपर दुर्घटनामा परि चालकको मृत्यु
नेपालखोज
२०८१ फागुन ३ गते १८:५८

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ । आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए । टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया