ग्यास विस्फोट घटना : एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

नेपालखोज २०८१ फागुन ४ गते १०:३६

काठमाडौं । कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ ।

काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो । यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।

प्रतिक्रिया