कामनाका संस्थापक श्रेष्ठको सम्झनामा रक्तदान

नेपालखोज २०८१ फागुन ४ गते १०:५२

काठमाडौं । कामना न्युज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लब नेपालका संस्थापक समाजसेवी भारतलाल श्रेष्ठको सम्झनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्युज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । रक्तदानमा सहभागी भएका रक्तदातालाई कामना न्युज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा २० जना रक्तदाताले रक्तदान गरेका थिए । 

प्रतिक्रिया