शनिबार, वैशाख १३, २०८२

तोलामा १२०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ फागुन ५ गते १०:५७

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया