संसद्का दुवै सदनको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०र८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया