प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायताद्वारा सञ्चारकर्मीसँग साक्षात्कार

नेपालखोज २०८१ फागुन ६ गते १०:१२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायताले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सञ्चारकर्मीसँग साक्षात्कार गरेका छन् । साक्षात्कारको क्रममा उनले सञ्चारकर्मीसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कडायताले सञ्चारकर्मीले राखेका जिज्ञासाको निरूपण गर्दै सेवाग्राही केन्द्रित प्रहरी सेवा प्रवाह तथा अपराध अनुसन्धानसँग सम्बन्धित विषयमा काम गर्न विभाग कटिबद्ध रहेको बताए ।

याे अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक राज कुमार सिलवालले अपराध अनुसन्धान विभागको विकास क्रम, अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, अपराध तथ्याङ्क तथा विश्लेषण, अपराध नियन्त्रण र अनुसन्धानमा गरिएका प्रयास, अपराध अनुसन्धानमा सञ्चार कर्मीसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त कार्यक्रममा अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी विविध एवम् सो सम्बन्धी समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया