फागुन ८ गते देखि १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुदैं

काठमाडौं । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।
यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्यातीप्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहनेछन् । यस क्षेत्रमा आइरहेका नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ९ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा विगत ९ वर्ष देखि आयोजना गर्दै आइरहेको प्रदर्शनी यो वर्ष विशेष हुनेछ । यो प्रदर्शनीमा निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने हामीले विश्वास लिएका छौं । यस प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्नेछ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टर, विल्डर, इन्टीरीयर डिजाइनरहरुको उल्लेख्य सहभागिता रहनेछ । साथै नीजिघर बनाउन चाहने, ब्यापारिक कम्प्लेक्स, ब्याबसायिक भवन बनाउने व्यति तथा संस्था सार्थ आम नागरिकको बढी भन्दा बढी सहभागिता रहनेछ । साथै यस प्रदर्शनीको टाईटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ ।

प्रतिक्रिया