आइतबार, वैशाख १४, २०८२

लागूऔषधसहित चारजना पक्राउ

नेपालखोज २०८१ फागुन ९ गते ११:१०

काठमाडौं । मोरङको बेलबारी नगरपालिका-८ दोगडेबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७०० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका-८ बस्ने २९ वर्षीय श्याम पुकार साह र २२ वर्षीय संगम महतो रहेका छन् । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्नगर नगरपालिका-११ सुब्बाकुना बस्ने २३ वर्षीय मन बहादुर बादीलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५२० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट लागूऔषध गाँजा ५ किलो १० ग्रामसहित पर्सा जगरनाथपुर गाउँपालिका-४ हरपुर बस्ने ३३ वर्षीय राज कपुर महत्तोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया