शुक्रबार, वैशाख १२, २०८२

सातामा ३८ अर्ब ५८ करोड ४६ लाख रुपैंयाँको शेयर किनबेच

नेपालखोज २०८१ फागुन ९ गते १३:०८

काठमाडौं । यस साता सेयर बजार परिसुचक नेप्से दुई हजार सात सय ४३ दशमलव ७४ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५७ दशमलव ९८ बिन्दुमा कायम भएको छ ।

धितोपत्र बजारमा यो साता तीन सय १४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ८४ हजार नौं सय ५१ पटकको कारोबारमा सात करोड २९ लाख ३२ हजार नौं सय १६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३८ अर्ब ५८ करोड ४६ लाख ५६ हजार नौं सय १३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैंयाँले कम हो ।

गत साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ९२ हजार नौं सय २६ पटकको कारोबारमा सात करोड ५६ लाख ६३ हजार तीन सय ४४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार एक सय ६९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये चौंथो कार्यदिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने बाँकी तीन कार्यदिन नेप्से लगातार बढेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक १९ दशमलव ५६ अंकले उकालो लागेर २६ सय ९८ दशमलव शुन्य तीन अंकमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५४ अंकले उकालो लागेर चार सय ५३ दशमलव ४२ बिन्दुमा चढेको थियो ।

दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक २९ दशमलव ८७ अंकले उकालो लागेर २७ सय २७ दशमलव ९१ बिन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २८ अंकले उकालो लागेर चार सय ५९ दशमलव ७० बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक १२ दशमलव ६८ अंकले उकालो लागेर २७ सय ४० दशमलव ५९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अकले उकालो लागेर चार सय ५९ दशमलव ८८ बिन्दुमा चढेको थियो ।

पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक तीन दशमलव १४ अंकले उकालो लागेर २७ सय ४३ दशमलव ७४ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ९० अंकले ओरालो लागेर चार सय ५७ दशमलव ९८ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र नेपाल पुर्नबीमा कम्पनी नैं अगाडी परेका छन् । यसैगरी बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

दैनिक सेयर कारोबार तालिका

दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३०९ ९६२८२ २०९८४४४० ९४७०३०८२६६.५०
दोस्रो दिन ३०२ १०२८६१ १८०८११६८ १००४९६५४८३२.६४
तेस्रो दिन ३१४ ९९५८५ १८२३०३०२ १०४३७००६२१४.८२
चौंथो दिन सार्वजनिक बिदा
पाँचौं दिन ३०९ ८६२२३ १५६३७००६ ८६२७६८७५९९.८६
कुल ३१४ ३८४९५१ ७२९३२९१६ ३८५८४६५६९१३.८२
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया