सामसङले बनाउँदै नेपालकै पहिलो राष्ट्रिय ईस्पोट्र्स लिगलाई उत्कृष्ट

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप आज फागुन ८ देखि १०, २०८१ सम्म दशरथ रङ्गशाला, काठमाडौँमा सुरु भएको छ । यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडी पब्जी मोबाइल, मोबाइल लेजेन्ड्स् ब्यांग ब्यांग, ई-फुटबल लगायतका ६ प्रमुख ई-गेमिङ टाइटलमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस २५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस २५ अल्ट्रामा खेलिने छ ।
यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोन पनि उपलब्ध छन्, जहाँ दर्शकले सामसङका नवीनतम उपकरणहरू, र विशेष गरी ग्यालेक्सी एस २५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन् ।
ईस्पोट्र्स प्रतिस्पर्धा मात्र नभई, यो इभेन्टमा दर्शकको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारको सङ्गीतात्मक प्रस्तुति तथा फुड स्टल, इन्टरएक्टिभ एक्सपिरियन्स जोन, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश गरिएका छन् ।
प्रतिक्रिया