सोमबार, वैशाख १५, २०८२

करेन्ट लागेर मृत्यु

नेपालखोज २०८१ फागुन ९ गते १४:५१

मकालु गाउँपालिका–६ बस्ने २६ वर्षीय उपेन्द्र राईको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित बिजुलीको पोलमा चढी तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु

पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ५५ वर्षीय पृथ्वी थापाको सोही ठाउँस्थित कुवामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी श्रृजना टोल डेरा गरी बस्ने २९ वर्षीया अस्मिता गिरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ भैंसीबजार ह्वाईटदरबार डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

इलामको इलाम नगरपालिका–४ सिम्लेस्थित नक्कले खोल्सामा सोही ठाउँ बस्ने झापा दमक नगरपालिका–२ बेलडाँगी घर भएका ३६ वर्षीय राजकुमार भन्ने हर्क बहादुर सुब्बा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगंजस्थित नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अम्लेखगंजमा काम गर्ने जाजरकोट बारेकोट गाउँपालिका–५ टोलथान घर भएका ३० वर्षीय सुनिल साह सोही कार्यालयको कर्मचारी आवास गृहमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–५ बन्कटुवा गाउँस्थित सडक छेउमा रहेको पोखरीमा सोही ठाउँस्थित ससुरालीमा बस्दै आएका बर्दिया बाँसगढी नगरपालिका–८ बन्गौली घर भएका ४७ वर्षीय रूपलाल बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ जमुरास्थित सडकको कल्भर्ट मुनि जमेको पानीमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र पासी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

महागढिमाई नगरपालिका–६ बबुआईन बजारस्थित सोही नगरपालिका–६ बबुआईन बस्ने निरन्जन चौधरीको इलेकट्रोनिक मोबाईल पसल र सोही ठाउँ बस्ने दिप नारायण चौधरीको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा मोबाइल पसलमा रहेका मोबाइल, कम्प्युटर, ल्यापटप र किराना पसलमा रहेका किराना तथा खाद्यान्न लगायतका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनका विभिन्न गरगहना चोरी

काठमाडौं महानगरपालिका–३१ जागृतीनगर बस्ने कृष्ण केसीको घरबाट सुनका विभिन्न गरगहनाहरू गरी करिब ४ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–२ सानोभर्याङ डेरा गरी बस्ने पाल्पा रामपुर नगरपालिका–१० घर भएकी संगिता पन्थीको कोठाबाट सुनका विभिन्न गरगहनाहरू गरी करिब २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया