राष्ट्र बैंकले ३० अर्ब रुपैंयाँ निक्षेप तान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैंयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।
आज अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिति चैत्र ३ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो उपकरण बिक्री हुन लागेको हो ।
राष्ट्र बैंकका अनुसार खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया