एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने

काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।
आइतबार (फागुन ११) बाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् ।
यसरी छानिएका प्याकमा सधैँ अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अन लिमिटेड रहेका छन् । सधैँ अनका प्याकहरूका प्याक अनुसार ग्राहकले ५ जीवी, ८ जीवी वा १० जीवी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीवी वा ७ जीवी थप डेटा बोनस पाइन्छ ।
त्यसै गरी, ९९९ अन लिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् । सुरुवातमा एनसेल एपको विशेष अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो ।
उदाहरणका लागि, खल्तीबाट सधैँ अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अन लिमिटेड अल-नेट टक टाइम, ३० जीवी डेटा, ७९ अल-नेट एसएमएस बाहेक ग्राहकले अब थप ५ जीवी बोनस डेटा प्राप्त गर्न सक्छन् ।
खल्तीसँगको यो साझेदारीले ग्राहकलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ ।
एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।
प्रतिक्रिया