कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले एक बराबर एकको अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर १०० रुपैयाँ अंकित मुल्य कायम रहेको ६० करोड रुपैयाँ बराबरको ६० लाख हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आइबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङकातर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं। १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएका सहायक कम्पनी हो ।
प्रतिक्रिया