शनिबार, वैशाख १३, २०८२

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा अनु पालन तथा एएमएल सिएफ्टी तालिम तथा सेमिनार सम्पन्न

नेपालखोज २०८१ फागुन १२ गते १५:०५

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनु पालन तथा एएमएल सिएफ्टी तालिम तथा सेमिनार सम्पन्न गरेको छ ।

कम्पनीका अनुसार यही फागुन १० गते बल्थली भिलेज रिपोर्ट, काभ्रेमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख, तथा बाग्मति प्रदेश अन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धक समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनु पालन तथा एएमएल सिएफ्टी तालिम तथा सेमिनारको आयोजन गरिएको हो । 

याे अवसरमा कम्पनीका अनु पालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकलाई अनु पालन तथा एएमएल सिएफ्टीको बारेमा विस्तृत रूपमा जानकारी गराए ।

याे अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारबाही गर्दा कम्पनीका नियमक निकायले दिएको निर्देशन त्यसै गरी ऐन नियम, कानुन र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारबाहीमा सोलाई पूर्ण रूपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए । 

सोही अवसरमा प्रमुख कार्यकारी श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीलाई दैनिक रूपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।  

प्रतिक्रिया