५ लाख ६४ हजार १०० ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ
नेपालखोज
२०८१ फागुन १३ गते १३:२८

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १०० ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने ३३ वर्षीय सुधिर लामिछाने रहेका छन् । साईमनलाई ५ लाख ३४ हजार १०० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट ट्रामाडोल सहित काठमाडौं महानगरपालिका-१४ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया