आइतबार, असार ८, २०८२

राष्ट्र बैंकको नयाँ परिपत्र, कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई खरिद/बिक्री गर्न सकिने व्यवस्था कार्यान्वनमा

नेपालखोज २०८१ फागुन १३ गते २०:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई खरिद÷बिक्री गर्न सक्ने सकिने व्यवस्था गरेको छ ।

मंगलबार बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद/बिक्री गर्न सकिने छ ।

सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद÷बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन ।

यसरी रिपर्चेज एयारेन्जमेन्ट अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ ।

उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया