शनिबार, वैशाख १३, २०८२

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा आज नेपाल र म्यान्मार भिड्दै

नेपालखोज २०८१ फागुन १४ गते ८:४५

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि सुरु हुने छ ।

चार देश सम्मिलित च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया