नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४० वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४० वर्षमा प्रवेश गरेको छ । बैंकले बुधबार एक समारोहकाबीच आफ्नो ३९औँ स्थापना दिवस मनाएको हो ।
याे अवसरमा बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडेले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी, सञ्चालक समिति र नियामक निकायलाई धन्यवाद दिए । ‘बैंकप्रति यहाँले गरेको विश्वास प्रति म आभारी छु,’ अध्यक्ष पाँडेले भने ।
स्थापना दिवसको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएको सेवालाई अझ सशक्त बनाउने बताए । डिजिटल सेवालाई अझ बढी प्रभावकारी र सशक्त बनाउने छौं,’ याे अवसरमा उनले भने ‘ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा प्रस्तुत गर्छौ ।’ उनले भने ।
वार्षिक उत्वसको अवसरका बैंकले वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक सार्वजनिक गरेको छ । सोही अवसरको बैंकले ग्राहकवर्गको सेवामा ‘नव आयाम बचत खाता’ सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया