परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता

नेपालखोज २०८१ फागुन १४ गते १५:५८

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता भएकाे छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा.देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।

भेटमा परराष्ट्रमन्त्री डा.देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।

उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको जानकारी गराइन् ।

प्रतिक्रिया