एड क्लब अफ नेपालद्वारा ‘एकदेशमा: पारस खड्का’ कार्यक्रम आयोजना

नेपालखोज २०८१ फागुन १४ गते १६:१३

काठमाडौं । एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन) अन्तर्गतको स्वायत्त संस्था एड क्लब अफ नेपाल ले एमई टिभीको समर्थनमा झम्सिखेलस्थित यपकज मा ‘एकदेशमाः पारस खड्का’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल क्रिकेट टिमका पूर्व कप्तान, नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) का संयोजक पारस खड्का प्रमुख वक्ताका रूपमा सहभागी थिए । उनले आफ्नो प्रारम्भिक संघर्षदेखि २०१४ को आईसीसी २० विश्वकपमा नेतृत्व गर्ने यात्रा, नेपाललाई ओडिआई मान्यता दिलाउने सफलता, खेल प्रशासनमा संलग्नता तथा ब्रान्ड एन्डोर्समेन्टको यात्राबारे प्रेरणादायी अनुभव साझा गरे ।

पारसले खेलमा समर्पण र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धता कसरी ब्रान्ड एन्डोर्समेन्टको दृष्टिकोणमा समान रूपले लागु हुन्छ भन्ने विषयमा प्रकाश पार्दै, जुनसुकै क्षेत्रमा पनि इमानदारी र जोसको महत्व रहेको उल्लेख गरे ।

कार्यक्रमको प्रारम्भमा विज्ञापन क्षेत्रका पेशेवर हीना द्वारा वाचन गरिएको एक भावनात्मक कविता प्रस्तुत गरिएको थियो, जसले माहोललाई थप प्रेरणादायी बनायो । त्यसपछि : ई टिभी का बिजनेस डेभलपमेन्ट म्यानेजर प्रविण अर्यालले आउँदै गरेका दुई प्रमुख कार्यक्रमको बारेमा जानकारी दिँदै एमई टिभीको गुणस्तरीय सामग्री निर्माणप्रति प्रतिबद्धता उजागर गरे ।

कार्यक्रमको क्यु एण्ड ए सेसन एड क्लब अफ नेपालका संयुक्त गभर्नर दिपेन्द्र टण्डन द्वारा संचालित गरिएको थियो, जहाँ पारस खड्काले आफ्नो व्यावसायिक तथा व्यक्तिगत अनुभव खुलस्त रूपमा साझा गरे ।

कार्यक्रमको समापनमा एड क्लब अफ नेपालका गभर्नर बिधान राजभण्डारी र एडभर्टाइजिङ एशोसिएसन अफ नेपाल (आन) का अध्यक्ष सुदीप थापाले पारस खड्कालाई सम्मान स्वरूप विशेष स्मृति चिन्ह प्रदान गरे। समापन मन्तव्यमा बिधान राजभण्डारी ले कार्यक्रमलाई सफल बनाउन योगदान दिने सम्पूर्ण व्यक्ति र सहभागी प्रति आभार व्यक्त गरे ।

९० भन्दा बढी विज्ञापन, मिडिया र कर्पोरेट क्षेत्रका विज्ञको उपस्थितिमा सम्पन्न यो कार्यक्रमले एड क्लब अफ नेपालको एजेन्सी, मार्केटर, मिडिया हाउस, कलाकार, इनफ्लुएन्सर र उद्योगका नेताबीचको सहकार्य प्रवद्र्धन गर्ने प्रतिबद्धता पुन: पुष्टि गरेको छ ।
नेपालको विज्ञापन र मार्केटिङ समुदायका लागि एक महत्वपूर्ण मंचको रूपमा एड क्लब अफ नेपालले नयाँ विचार, नवप्रवर्तन, र उद्योग सम्बन्ध सुदृढ गर्न निरन्तर काम गरिरहने छ ।

प्रतिक्रिया