लण्डनमा मनाइयो २६२औँ नेपाली सेना दिवस

नेपालखोज २०८१ फागुन १५ गते ९:५४

काठमाडाैं । लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६२औँ नेपाली सेना दिवस मनाइएको छ ।

बेलायतको लन्डनस्थित नेपाली दूतावासले बुधबार साँझ एक विशेष कार्यक्रमको आयोजना गरेको हाे । कार्यक्रमको प्रमुख अतिथिमा ब्रिटिस सेनापति (चिफ अफ द जनरल स्टाफ) जनरल सर रोली वाकर उपस्थित थिए ।

त्यस्तै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, लन्डनस्थित मित्र राष्ट्रका सैनिक सहचारी, सरकारी अधिकारी, सैनिक अधिकृत, सञ्चारकर्मी र बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि लगायत करिब डेढसय अतिथिको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया