जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
नेपालखोज
२०८१ फागुन १५ गते १४:५९

बर्दिया । बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया