महालक्ष्मी विकास बैंकद्वारा वातावरण संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन

काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका अनुसार यही फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका-१ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन को सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्दै यस विशेर्ष यालीको आयोजना गरिएको हो । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यास अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागी ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्ग हुँदै अघि बढे। यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिईएको बैंकले जानकारी दिएको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय तीन वटा शाखा संचालन गर्दै, आठ लाख ग्राहकमा विश्वसनीय सेवा पुर्याइरहेको जनाएको छ ।
प्रतिक्रिया