शुक्रबार, वैशाख १२, २०८२

कारोबार रकम १४ अर्ब २८ करोड नाघ्यो

नेपालखोज २०८१ फागुन १९ गते १५:३४

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ७५ अंकले बढेको नेप्से आज सोमबार १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा सीमित भएको छ । 

तीन सय वटा कम्पनीहरुको एक लाख ३९ हजार पाँच सय ५५ वटा कम्पनीहरुको तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये पाँच वटा समुहहरुको सुचक बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छन् । आज वाणिज्य बैंक समुहको सुचक १९ दशमलव ९४ अंकले घटेर १४ सय ४७ दशमलव ६९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ४१ अंकले घटेर तीन हजार आठ सय ४७ दशमलव ३४ अंकमा पुगेको छ ।

बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समुहको सुचक पनि आज घटेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय १३ दशमलव २१ अंकले बढेर १४ हजार छ सय ७१ दशमलव ८७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव शुन्य छ अंकले बढेर १३ हजार चार सय ५९ दशमलव १५ अंकमा पुगेको छ । उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज बढेका छन् ।

नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा समाज लघुवित्त वित्तीय संंस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया