शनिबार, वैशाख १३, २०८२

अन्तरपालिका भलिबल : अनुशासनको उपाधि दोगडाकेदारलाई

नेपालखोज २०८१ फागुन २० गते ६:२४

बैतडी । बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ ।

जिल्लाका नौ पालिका सहभागी रहेको उक्त प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको हो ।

पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल प्रतिभा देखाएकाले अनुशासित टिम घोषणा भएको रेफ्री संयोजक हरिसिंह भण्डारीले जानकारी दिए ।

अनुशासित घोषणाको प्रमाणपत्र दोगडाकेदारका तर्फबाट टिम प्रशिक्षकसमेत रहनुभएका पालिकाका खेल प्रशिक्षक नरेन्द्रसिंह कार्कीले ग्रहण गरे ।

क्वाटरफाइनलबाट बाहिरिएको दोगडाकेदारको टिमले अनुशासितको उपाधि हात पारेकामा प्रशिक्षक कार्कीले खुसी व्यक्त गर्दै खेलाडीका लागि अनुशासन प्रमुख गहना रहेको बताए ।

फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि मेलौली नगरपालिकालाई हराउँदै घरेलु टोली दशरथचन्द नगरपालिकाले जितेको छ ।

प्रतिक्रिया