बढ्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८१ फागुन २० गते ११:१२

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय र चाँदी प्रतितोला २५ बढेको हो ।
सोमबार प्रतितोला एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया