अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ सिमरास्थित राज होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत विहार राज्य मोफासिल सिवाना थाना सिवाना चनौर ग्राम पञ्चायत–१४ बस्ने ३५ वर्षीय गौतम कुश्वाहा, भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत–७ बस्ने ३० वर्षीय रन्जन कुमार सिंह र भारत विहार राज्य पूर्व चम्पारण रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत–१० बस्ने ४० वर्षीय संजिव कुमार राम रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ ग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–३ बस्ने ५० वर्षीय संचलाल वाईवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ४८ वर्षीय हिरालाल वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका–१ बस्ने २७ वर्षीय सुमन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प ८२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको राप्ती गाउँपालिका–३ मसुरिया बस्ने ३१ वर्षीय पुरन कामी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मसुरियाबाट खटिएको प्रहरीले पुरनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका–९ तोरैया बस्ने २३ वर्षीय बिनय थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्राम सहित भद्रपुर नगरपालिका–४ बस्ने ३३ वर्षीय दिनेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–७ पेन्चेबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ३० मिलिग्राम र ५१ हजार १ सय ७० भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पथेल थाना राजपुर पाथेल चतरा झारखण्ड बस्ने २८ वर्षीय संजय माझी र भारत बिहार बस्ने ३७ वर्षीय राम पुलार कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ जाँदै गरेको जेएच ०३ भी ०५३९ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक संजय र गाडीमा सवार राम पुलारलाई पक्राउ गरेको हो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने ३१ वर्षीय सागर पोखरेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१२ प ९७२० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–३ माछा भौडीबाट नियन्त्रित लागूऔषध ट्रामोल ५ सय क्याप्सुल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय बिनय देवान, सोही उपमहानगरपालिका–१६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र सोही उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीया सृजना गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पुरानो बजारबाट रत्न चोकतर्फ जाँदै गरेको को.२० प ४८१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया