बुधबार, पुष २, २०८२

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : नेपालले अफगानिस्तानसँग खेल्ने

नेपालखोज २०८१ फागुन २० गते २१:४४

काठमाडौं । घरेलु मैदानमा नेपाली यू–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।

अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ । रासस

प्रतिक्रिया