अध्यागमनले लगायो अमेरिकाबाट डिपोर्ट भएका ८ नेपालीलाई प्रहरीको जिम्मा

नेपालखोज २०८१ फागुन २१ गते ११:५४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका ८ जना नेपालीलाई नेपाल प्रहरीको जिम्मा लगाइएको हाे ।

उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।

प्रतिक्रिया