इम्बार्क कलेजद्वारा आई-पेस छात्रवृत्ति २०२५ घोषणा

नेपालखोज २०८१ फागुन २१ गते १२:४२

काठमाडौं । शैक्षिक उत्कृष्टता र सम्भावनाका आधारमा उत्कृष्ट विद्यार्थीलाई सम्मानित गर्दै इम्बार्क कलेजले आई-पेस छात्रवृत्ति २०२५ का विजेताको घोषणा गरेको छ ।

इम्बार्क कलेज छात्रवृत्तिसम्बन्धी कार्यविधि २०८१ तथा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धी निर्देशिका २०५९ अनुरूपको प्रक्रियाबाट योग्य यो छात्रवृति घोषणा गरिएको कलेजले बताएको छ ।

यस छात्रवृत्तिले ब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्ट तथा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन अध्ययन गर्नेविद्यार्थीलाई १००५ निशुल्क अध्ययनको अवसर प्रदान गर्ने कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले बताए ।

सन् २०२५ जनवरी सत्रका लागिब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्टमा प्रकृतिअयर र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशनमा आकृति बस्नेत र विजया सेढाईंलाई एक कार्यक्रमका विच छात्रवृति प्रदान गरिएको छ ।

इम्बार्क कलेजले उत्कृष्ट विद्यार्थी पहिचान गर्नका लागि समावेशिता, प्रदर्शन, शैक्षिक उपलब्धि, प्रतिबद्धता, र संलग्नता गरी पाँच प्रमुख पक्षमा विकसित गरेको एक मूल्यांकन मोडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज पहुँच प्रदान गर्ने विश्वास कलेजले लिएको छ ।

कलेजले युनिभर्सिटी अफ रोहेम्प्टन, बेलायत सँगको सहकार्य मार्फत विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै भावी व्यवसायिक नेतालाई समाज र व्यावसायिक क्षेत्रको समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया