बुधबार, पुष २, २०८२

लागूऔषध गाँजा २२ किलोग्रामसहित दुई भारतीय नागरिक पक्राउ

नेपालखोज २०८१ फागुन २१ गते १७:३४

काठमाडौं । लागूऔषध गाँजा २२ किलोग्रामसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्रामसहित दुई जना भारतीय नागरिक मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४० वर्षीया र्याफक्यु मादा भायलिल र रश्मिना कालारोथ रहेका छन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागभित्र चकलेटको प्याकेटको फल्स बटम बनाई राखेको अवस्थामा र्याफक्यु मादाको साथबाट १२ किलोग्राम र रश्मिनाको साथबाट १० किलोग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया