अर्धवार्षिक समीक्षा कार्यान्वयनमा राष्ट्र बैंक आक्रामक, शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न अनुमती अनिवार्य

काठमाडौं । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा कार्यान्वयनमा राष्ट्र बैंैक आक्रामक देखिएको छ । राष्ट्र बैंकले बुधबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा उल्लेख भएका धेरै नीतिगत व्यवस्थाहरुलाई कार्यान्वनमा ल्याउन निर्देशन दिएको छ ।
अनुमतीप्राप्त भुक्तानी सेवा प्रदायक सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो निर्देशन अनुसार अबदेखि बैंकहरुले शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छ ।
उक्त सेवा बन्द गर्न कम्तीमा ६ महिनादेखि सेवा सञ्चालन नभएको, र शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब ५ कि. मि. वरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था हुनुपर्ने छ । एउटा व्यक्तिको एउटै खाताबाट एकै प्रकृति कार्ड जारी गर्न नपाईने भएको छ ।
राष्ट्र बैंकका अनुसार यो निर्देशन अनुसार प्राकृतिक व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट÷क्रेडिट÷प्रिपेड) को एक भन्दा बढी कार्ड जारी गर्न पाइने छैन । तर, डोमेस्टिक कार्ड योजना अन्तर्गतका कार्डहरु जारी गर्दा यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन, परिपत्रमा भनिएको छ ।
यसअघि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एक भन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न नपाईने व्यवस्था रहेको थियो । ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फाएरमसँगै कार्ड जारी गर्दा र कारोबार गर्दा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर, कार्डबाट प्राप्त हुने अन्य सुविधाहरू लगायतका विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्ने व्यवस्थालाई भने राष्ट्र बैंकले परिपत्र मार्फत हटाएको छ ।
विद्युतीय भुक्तानी कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धमा अनुमतिपत्रप्राप्त संस्थाहरूले जारी गरेका विभिन्न भुक्तानी कार्डहरूबाट नेपालमा नेपाली रुपैयाँँमा गरिने कारोबारको फछर्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्ने छ । साथै, यस प्रयोजनार्थ अन्तर्राष्ट्रिय स्वीचहरूको लागि कुनै जमानत÷बण्ड जारी गर्नुपर्ने भए नेपाली रुपैयाँँमा जारी गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
विदेशी विनिमयमा आधारित कारोबार, उपकरण, कारोबारको सीमा लगायतका व्यवस्थाहरू यस बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको निर्देशन÷परिपत्र बमोजिम हुने तर, केहीे अवस्थामा उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा पुगेको नमानिने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया