शनिबार, वैशाख १३, २०८२

खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

नेपालखोज २०८१ फागुन २२ गते १७:३६

काठमाडौं । नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलर नेपाली बजारमा भित्राएको छ ।

स्टे कुल स्टे कम्फर्ट भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नया नया आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । यी कुलर अब तपाईहरुले आफ्नै रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलर पाउन सकिने छ । कम्पनीले यी कुलरमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।

जापनिज प्रविधिबाट निर्र्मित यी कुलरमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताले भरिपूर्ण छन् । ईन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्दछ ।

यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउबाट अर्को ठाउमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ ।

तेस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० m3/hr सम्म हावा प्रवाह गर्ने हुनाले यसले तपाईहरुलाई थोरै समयमा नै कुल बनाउछ ।

चौधरी ग्रुप अन्र्तगत सि जी इलेक्टोनिक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रुपमा ई.ओ.एल. प्राइभेट कम्पनि मार्फत सेन्साईका कुलरहरु बिक्री वितरण भइरहेको छ ।

प्रतिक्रिया