त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीको प्रदर्शन

नेपालखोज २०८१ फागुन २५ गते १४:०२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन् ।

पूर्वराजाका समर्थकले आइतबार दिउँसो एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनकारी पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाडौं फर्किँदैछन् ।

प्रतिक्रिया