एकैदिन ४६ अंकले घट्दा १० अर्बको कारोबार

काठमाडौं । नेप्से घटेर राताम्मै देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४६.३३ अंकले घटेर २ हजार ७७२.१० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि ७.३१ अंकले घटेर ४००६३.२९ अंकमा खुम्चिएको छ ।
३१५ वटा कम्पनीको एक लाख १२ हजार ३४७ पटकको कारोबारमा दुई करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएका छन् । ति सबै समूहहरुको सूचक घट्दा नेप्से आज पुरै रातो भएको छ । आज वाणिज्य बैंक समूहको सूचक १९.३८ अंकले घटेर १ हजार ३९८.५१ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक ६२.९७ अंकले घटेर तीन हजार ७२५.६६ अंकमा पुगेको छ ।
जीवन बीमा समूहको सूचक २४८.७० अंकले घटेर १३ हजार ९८९.७२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक १६५.७२ अंकले घटेर १२ हजार ९३५.७३ अंकमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि अंकले घटेका छन् ।
नेप्सेमा आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया