भूकम्पिय पुनर्निर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना
नेपालखोज
२०८१ फागुन २५ गते २०:११

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पिय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाई कार्यालय स्थापना गरिएको छ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय स्थापना गरिएको हो ।
गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गर्नुभयो । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र बिन्दु भई भूकम्प गएको थियो ।
कार्यालय स्थापनासँगै स्थानीयवासीमा पुनर्निर्माण हुने कुरामा विश्वास पलाएको छ । भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो । कार्यालय स्थापना भएको रिम्ना भूकम्पले धेरै क्षति गरेको ठाउँ हो ।
सम्बन्धित








प्रतिक्रिया