महिला टी–ट्वान्टी क्रिकेट : हङकङसँग भिड्दै नेपाल
नेपालखोज
२०८१ फागुन २६ गते ८:३७

काठमाडौं । महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दै छ । चार देशीय महिला टी–ट्वान्टी खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।
सम्बन्धित
प्रतिक्रिया