प्रहरी स्टाफ कलेजविरुद्धको रिटमाथि सुनवाइ न्यायाधीश फुयालको इजलासमा

नेपालखोज २०८१ फागुन २७ गते ११:२०

काडमाडौं । प्रहरीले सुरु गर्न लागेको स्टाफ कलेज सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा दायर भएको रिटमाथि सुनवाइ हुँदैछ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा मंगलबार सुनुवाइ हुन लागेको हो ।

रिपेन्द्र कुमारसहित २० जना डीएसपीले स्टाफ कलेज विरुद्ध रिट दायर गरेका थिए । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागीताका लागि चैत ७ गते प्रवेश परीक्षा सञ्चालन गर्न प्रहरी प्रशिक्षण प्रतिष्ठानले सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया