शनिबार, वैशाख १३, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ फागुन ३० गते १८:०७

बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका–५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया