नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ
नेपालखोज
२०८१ फागुन ३० गते २१:५१

दाङ । घोराही उपमहानगरपालिका-१० नारायणपुर सुर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँ र मोबाइल ४ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया