बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

नेपालखोज २०८१ फागुन ३० गते २०:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।

प्राधिकरणको संचालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले शुक्रबारदेखि नै कार्यभार सम्हाल्लेका छन् ।

प्रतिक्रिया