नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सवमा प्रभातफेरी

नेपालखोज २०८१ चैत १ गते १६:३२

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

कोषले चैत ४ गते ३५औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया