हत्या गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८१ चैत २ गते १३:०८

धनुषा । जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया