पहिलो दिन नै घट्यो नेप्से, २१ अंकले घट्दा झण्डै सात अर्बको शेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से घटेको छ । नेप्से आज २१.६३ अंकले घटेर २ हजार ७१४ दशमलव ८५ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ४.११ अंकले घटेर ४५४.९१ अंकमा झरेको छ ।
३१६ वटा कम्पनीको ७९ हजार ३१ पटकको कारोबारमा आज एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर खरिद- बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । व्यापार समुहको सुचक २०२.१ अंकले बढेर चार हजार ३०५.४१ अंकमा चढेको छ । वाणिज्य बैंक समूहको सुचक भने ११.१८ अंकले घटेर १ हजार ३७८.७९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि १३१.९२ अंकले घटेर पाँच हजार ७२७.९० अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक ३७.१९ अंकले घटेर २ हजार ६३१.८० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक ४७.२२ अंकले घटेर तीन हजार ६१०.३५ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समूहको सुचक पनि १४६.८७ अंकले घटेर १३ हजार ६९१.३९ अंकमा झरेकोमा निर्जीवन बिमा समुहको सुचक पनि ९२.०१ अंकले घटेर १२ हजार ६७९.६८ अंकमा झरेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सूचक क्रमशः ३५.१४, एक.८८, एक दशमलव शुन्य आठ, ४४.२७, शुन्य दशमलव शुन्य चार र ३७.३९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानम सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रीन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।
प्रतिक्रिया