सोमबार, वैशाख १५, २०८२

एक अर्ब १५ करोड संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैकले माग्यो प्रस्ताव

नेपालखोज २०८१ चैत २ गते १६:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रहेको रकम ३६६ दिने मुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०८१ चैत्र १० गते देखि २०८२ चैत्र नौं गतेसम्म तोकिएको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही चैत्र पाँच गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकको लागि ९२ करोड, बिकास बैंकहरुको लागि १७ करोड २५ लाख र फाइनान्स कम्पनीको लागि पाँच करोड ७५ लाख रुपैंयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्था सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया