शुक्रबार, वैशाख १२, २०८२

१० अंकले घट्दा पाँच अर्ब ४० करोडको शेयर किनबेच

नेपालखोज २०८१ चैत ३ गते १५:२४


काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव ६३ अंकले घटेको नेप्से आज पुन १० दशमलव १४ अंकले घटेर २७ सय चार दशमलव ७० अंकमा झरेको छ ।

यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले घटेर चार सय ५३ दशमलव ९५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३१ वटा कम्पनीहरूको ५७ हजार पाँच सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा सात वटा समूहको सूचक घटेर चार वटा समूहको सूचक बढेको छ भने सामूहिक लगानी कोष समूहको सूचक स्थिर रहेको छ । आज वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ९५ अंकले घटेर १३ सय ७५ दशमलव ८३ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ५२ दशमलव ९७ अंकले घटेर पाँच हजार छ सय ७४ दशमलव ९३ अंकमा झरेको छ । जलविद्युत समूहको सूचक पनि आठ दशमलव ३३ अंकले घटेर तीन हजार छ सय दुई दशमलव दुई अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ७० दशमलव ९६ अंकले घटेर १३ हजार छ सय २० दशमलव ४२ अंकमा झरेको छ ।

यसै गरी निर्जीवन बिमा समूहको सूचक पनि तीन दशमलव १५ अंकले घटेर १२ हजार छ सय ७६ दशमलव ५२ अंकमा झरेकोमा लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि घटेका छन् । फाइनान्स समूहको सूचक भने तीन दशमलव १६ अंकले बढेर २६ सय ३४ दशमलव ९७ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः १२ दशमलव शून्य तीन, शून्य दशमलव २० र ३२ दशमलव ७० अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा महालक्ष्मी विकास बैंक परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।

प्रतिक्रिया