शनिबार, वैशाख १३, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालखोज २०८१ चैत ३ गते १७:५८

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने २० वर्षीय हिम्मत बहादुर धामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने ३० वर्षीय अनिल तामाङ र २४ वर्षीय अशोक बल रेहका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले ना. ७ ख ४५७३ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५७ ग्राम २ सय ९० मिलिग्राम सहित चितवन भरतपुर महानगरपालिका–१६ बस्ने ४० वर्षीय कुम बहादुर आले र सोही महानगरपालिका–४ बस्ने ३२ वर्षीय दिपक परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ००७१ नम्बरको ईभि गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ३० मिलिग्राम सहित केराबारी गाउँपालिका–३ बस्ने २४ वर्षीय उत्तम याख्खा र सुन्दरहरैंचा नगरपालिका–५ बस्ने ४५ वर्षीय मातृका सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका–२ बस्ने २० वर्षीय सुजन खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढको उपमहानगरपालिका–१३ गेटा एयरपोर्टबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका–८ बस्ने २१ वर्षीय भवन नाथलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड कैलालीबाट खटिएको प्रहरीले वुद्ध एयरको उडानद्वारा धनगढीबाट काठमाडौंतर्फ जान लागेका उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमको सुनवल नगरपालिका–३ खैरहनीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ सय ५० क्याप्सुल सहित रामग्राम नगरपालिका–५ बस्ने ३७ वर्षीय सुग्रिम भर कुर्मी र ३४ वर्षीय छन्नु यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले लु.१७ प ५४८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया