सोमबार, मंसिर २९, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालखोज २०८१ चैत ४ गते १४:३५

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, एभिल ७ एम्पुल र लुपिजेसिक ७ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय कर्ण बहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–३ बस्ने २९ वर्षीय ऐलिन भुजेल, सुन्दरहरैंचा नगरपालिका–६ बस्ने २४ वर्षीय निश्‍चल तामाङ र २३ वर्षीय गोबिन्द नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ऐलिनलाई ३ ग्राम ५ सय २० मिलिग्राम तथा निश्चल र गोबिन्दलाई १ ग्राम ३ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ५ ट्याब्लेट, एभिल ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनारगन ७ एम्पुल र डाइजेपाम ७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय राकेश मल्लिक र सुनसरी बराहाक्षेत्र नगरपालिका–८ बस्ने २२ वर्षीय शमिर धामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–११ मंगलवारे चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १० ट्याब्लेट र स्पास्पेन २ सय १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१० बस्ने ३६ वर्षीय बिनोद राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मठबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट, स्टास्टेन १२ ट्याब्लेट र नगद ६ सय ५० रूपैयाँ सहित सोही नगरपालिका–१ चन्दनाथ टोल बस्ने रूकुम पूर्व सिस्ने गाउँपालिका–६ घर भएका २४ वर्षीय गोपाल गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल तर्फको एराइभल गेट नजिकैबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्राम सहित भारत मुम्बई महाराष्ट्र घर भएकी ४५ वर्षीया गुलनाज बैगलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । थाई एयर एसियाको उडानद्वारा थाइल्याण्को बैङ्ककबाट नेपाल आएकी उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–९ घर भई अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी बस्ने ३६ वर्षीय दिलिप कुमार गिरी र अर्जुनधारा नगरपालिका–११ बस्ने २५ वर्षीय सुरज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटिसफारिमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया